दीपिकाले किनिन् महङ्गो मंगलसुत्र !

फिल्म । यतिबेला बि-टाउनमा रणवीर सिंह र दीपिका पादुकोणको विवाहको चर्चा बढ्दो छ । केहि दिन अगाडी मात्र यी दुईले समाजिक सञ्जाल मार्फत आफ्नो विवाहको डेट सार्वजनिक गरेका थिए । दुईपरिवारको सहमतिमा रणवीर र दीपिका विवाह गर्न लागेका हुन् । यी दुई प्रेममा परिसकेपछि घरपरिवारको अनुमति लिएका थिए ।

यी दुईको विवाह नोभेम्बर १४ मा हुनेछ भने रिसेप्सन पार्टी १५ मा हुनेछ । पछिल्लो समय मिडियामा विवाह बारे विभिन्न खबर आउँन थालेपछि रणवीर र दीपिका आफैले विवाहको डेट सार्वजनिक गरेको बताएका थिए । विवाहको विधि सुरु भईसक्दा यी जोडीसँग जोडिएको विभिन्न खबरले मिडियामा स्थान पाईरहेका छन् । यसैक्रममा दीपिकाले विवाहको किनमेल अन्तर्गत मंगलसुत्र खरिद गरेको छिन ।

उनले झन्डै २० लाख भारुको मंगलसुत्र खरिद गरेकी हुन् । मुम्बई स्थित अन्धेरी मार्केटको एक ज्वेलरी सपबाट उनले हिरा जडित मंगलसुत्र खरिद गरेकी हुन् । यी दुईको विवाह इटालीको लेककोमोमा हुनेछ । यिनको विवाह पंजावी र साउथ इण्डियन शैलीमा हुनेछ ।

कमेन्ट गर्नुहोस्