यात्रा जोडी : सलिन र मालिका (फोटो फिचर)

फिल्म । यसै वर्षको चैत्र २९ मा रिलिज हुने फिल्म‘यात्रा : अ म्युजिकल भ्लग’ को टिजर सार्वजनिक भईसकेको छ । सार्वजनिक टिजरमा डेब्यु फिल्म ‘ए मेरो हजुर २’ मार्फत नै दर्शकको मनमा बस्न सफल राइजिङस्टार सलिनमान बनिया र डेब्यु गर्ल मालिका महतको जोडीलाई देखाइएको छ । यो जोडीको मित्रता , प्रेम र विछोडले टिजरमा स्थान पाएको छ । डेब्यु फिल्ममा चकलेटी अवतारमा देखिएका सलिन यसमा एक्सन अवतारमा पनि प्रस्तुत छन् । सलिनको जोडीकै लागि धेरै नयाँ अनुहार मध्यबाट मालिका महत छानिएकी हुन् ।

डेब्यु निर्देशक सम्राट शाक्यले उनलाई चयन गरेका हुन् । यो जोडीलाई टिजरमा रुचाइएको छ । फिल्ममा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहेका छन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ ।

फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेका छन् भने फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह – निर्माता रहेका छन् ।

फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिच्नेछन् । फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहनेछ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसको डिजाइनर टौवा क्रिएसनले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्