सलमान मेरो लिस्टमै थिएनन्

फिल्म । करण जोहरले अधिकांस फिल्ममा शाहरुख खानसँग काम गरेका छन् । या भनौ , उनको करियर स्थापित गर्ने फिल्महरुमा शाहरुखसँगै काजोल पनि छिन् । कुछ कुछ होता है , कभी खुशी कभी गम , कभी अलविदा ना केहना , माइ नेम इज खान लगायतका फिल्मले करणलाई बलिउडमा स्थापित निर्देशक बनायो । करण र शाहरुखले एक अर्कालाई बलिउडमा स्थापित हुन् सहयोग गरेको उजागर नै छ ।

यिनै करणले आफुलाई अप्ठेरो समयमा सलमान खानले सहयोग गरेको बताएका छन् । उनले एक शोमा कुराकानीको क्रममा आफ्नो फिल्म ‘कुछ कुछ होता है’ मा दोस्रो लिड क्यारेक्टरको लागि धेरैलाई अप्रोच गरेको सुनाए । ‘मैले शाहरुखपछिको रोलको लागि धेरै कलाकारलाई अप्रोच गरे । तर , कसैले पनि मेरो अफर स्वीकार गरेनन्’ करणले भने । उनि आफ्नो भूमिकामा कसैले रुची नदेखाएपछि एक पार्टीमा उदाश हुँदै पुगेका थिए । त्यहाँ उनले सलमान खानलाई भेटे ।

‘मलाइ सलमानले तेरो सपिङ सकिएको भए मलाइ भोलि स्टोरी न्यारेट गर भने ,’करण भन्छन्,’सलमान मेरो लिस्टमा समेत थिएनन् । त्यसैले मैले उनलाई अप्रोच गरेको थिइन् तर उनैले घरमा बोलाएपछि म पुगे र कथा सुनाए ।’ उनले कथा सुनाएपछि सलमानले राम्रो छ भने । यद्दपी करणलाई डर लाग्यो । ‘मलाइ लाग्यो , कतै शाहरुखको रोल त सलमानले मन पराएनन् । तर , उनले मलाइ मेरो बुवाको लागि फिल्ममा केमियो गर्ने बताए’ करणले सम्झीए । सलमानको प्रवेशले फिल्मलाई निकै फाइदा पुग्यो । फिल्ममा शाहरुख , काजोल , रानी मुकर्जीको चर्चा हुन्छ ।

कमेन्ट गर्नुहोस्