फिल्म । कुमार भास्करद्वारा निर्देशित फिल्म ‘कौसीद’को यही असोज २६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ट्रेलरमा वित्तिय ऋणको चपेटामा परेको एक दाम्पतीको पीडादायी कथालाई भनिएको छ । फिल्ममा ऋचा शर्मा र भोलाराज सापकोटा श्रीमान्-श्रीमतीको भूमिकामा छन् । निर्देशक भास्करले सामाजिक विषयलाई पर्दामा ल्याईएको बताए ।
उनले भने,‘यो कथा हाम्रो ग्रामिण भेगको पिडासँग जोडिएको छ । ऋणले एउटा परिवारलाई कतिसम्म अप्ठ्यारोमा पार्छ भन्ने देखाउन खोजिएको छ ।”केदार भुषाल निर्माता रहेको फिल्ममा रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायतको पनि अभिनय रहेको छ । फिल्मको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह-निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् । फिल्ममा नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको संयुक्त लेखन रहेको यस फिल्मलाई निसाल पौडेलले छायांकन गरेका हुन् ।
बड पिक्चर्स र ट्रिडेन्ट कन्सेप्टको संयुक्त निर्माण रहेको फिल्ममा भीम विश्वकर्माको सम्पादन, गिरिश-रोशन र रिवाज कोइरालाको ब्याकग्राउन्ड स्कोर, सुदीप पाण्डेको कलर तथा भीएफएक्स रहेको छ । फिल्मलाई देशभर वितरण गर्ने जिम्मा आरआर फिल्म्सले लिएको छ ।