कमेडियन ब्रहमानन्दमको बाइपास सर्जरी

फिल्म । तेलुगु कमेडियन र कलाकार ब्रहमानन्दमको बाइपास सर्जरी गरिएको छ । बिहीबार अचानक अस्पताल भर्ना गरिएका उनको आकस्मिक जाँच पछि बाइपास सर्जरी गरिएको हो । उनलाई अस्पताल पुर्याउदा उनको अवस्था निकै गम्भीर थियो ।मुम्बईको एएचआई अस्पतालमा डाक्टर रमाकान्त पान्डाले उनको सर्जरी गरेका थिए । सर्जरीपछि उनको अवस्थामा सुधार आएको छ ।

६२ वर्षका ब्रहमानन्दम साउथ इण्डियन फिल्मको लोकप्रिय अनुहार हुन् । उनको कमेडी स्टाइललाई दर्शकले भरपूर इन्जोय गर्ने गरेका छन् । उनले सन् १९८५ मा अभिनयमा डेब्यु गरेका थिए । उनले हालसम्म एक हजार भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनी सबैभन्दा बढी कमाउने कलाकारका रुपमा पनि परिचित छन् । उनि प्राय फिल्ममा सानो भूमिकामा भए पनि देखिने गर्छन र उनको कामलाई दर्शकले एकदमै नोटिस गर्छन ।

कमेन्ट गर्नुहोस्