हस्पिटालिटी नेपाल कन्टेस्टको चौथो सँस्करण हुँदै

इभेन्ट । हस्पिटालिटी नेपाल कन्टेस्टको चौथो सँस्करण हुने भएको छ । आयोजक संस्था एपी इन्टरटेनमेन्टले शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि चौथो सँस्करणको कन्टेस्टको बारेमा जानकारी दिएको हो । प्रतियोगीलाई लक्षित गर्दै आयोजक संस्थाले शनिबारबाटै चौथासँस्करणको हस्पिटालिटी नेपाल कन्टेस्टको आवेदन समेत खुलाएको छ । देशभरबाट हस्पिटालिटी क्षेत्रसँग आबद्ध युवायुवतीले आवेदन भर्न सक्ने आयोजकले बताएको छ । ‘हामीले तिनवटा सँस्करणलाई उत्कृष्ट ढंगबाट सम्पन्न गरिसकेका छौँ । र, यो सँस्करण अझै बढि परिस्कृत हुनेमा विश्वस्त छौँ ।’ एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले ।

यसवर्षको कन्टेस्ट भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने गरी गर्न लागिएको कन्टेस्टका कार्यक्रम सँयोजक संगम रेग्मीले बताए । पोखराबाहेक काठमाण्डौ, बुटवल र चितवनमा पनि आयोजकले ‘कलेज क्याम्पेन’ गरेर प्रतियोगीहरु ल्याउने तयारी गरेको छ । विभिन्न चरणको अडिसन पश्चात फाइनलका लागि देशभरबाट ३० जना प्रतियोगीहरु छनौट गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा हस्पिटालिटी क्षेत्रका विज्ञहरुले सहभागीलाई प्रशिक्षण दिनेछन् । प्रशिक्षण हस्पिटालिटी क्षेत्रसँगै सम्बन्धित हुनेछ । प्रतियोगितामा प्रथम हुनेले थाइल्याण्ड अथवा दुबईको भ्रमण प्याकेज प्राप्त गर्नेछन् । त्योसँगै नगद पुरस्कार र अन्य विभिन्न अवसरहरु आयोजकको तर्फबाट पाउने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

यसैगरि कन्टेस्टमा दोस्रो र तेस्रो हुनेले भ्रमण २०२० लक्षित आन्तरिक भ्रमण प्याकेजको साथमा नगद पुरस्कार प्राप्त गर्नेछन् । ‘कन्टेस्ट’मा सहभागी हुने प्रतिस्पर्धीका लागि वारिष्टा ट्रेनिङ, बारटेन्डर ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरशिप तथा सेल्फ मार्के्टिङ स्किल, कम्यूनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगाएतका तालिमहरु दिईने आयोजकले बताएको छ ।

कमेन्ट गर्नुहोस्