फिल्म । रेखा फिल्म्सको छैठौ फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गर्ने भएका छन् । केहि समय अगाडी छैठौ फिल्मलाई रेनाशा वान्तवा राईले निर्देशन गर्ने चर्चा चलेको थियो । यद्दपी रेखा थापाको अभिनय र निर्माण रहने फिल्ममा सबिर नै पक्का भएका हुन् । रेनेशाको जन्मदिनमा रेखाले घोषणा गरेको फिल्म केहि समयलाई थाती राखिएको बुझिएको छ ।
आउँदो वर्षको लक्ष्मी पुजामा रिलिज गर्ने तयारी भइरहेको फिल्मको पटकथा जगदिश्वर थापाले लेखिरहेका छन् । फिल्ममा रेखासँगै दयाहाङ राई र सौगात मल्लको अभिनय रहनेछ । सोसल इस्युमै निर्माण गरिने फिल्ममा दर्शकले रेखाको एक्सन पनि हेर्न पाउनेछन् । अनटाइटल यो प्रोजेक्टको बारेमा केहि दिनमा जानकारी गराउने तयारीमा रेखा जुटेकी छिन् ।
कमेन्ट गर्नुहोस्