बोर्डले स्थापना गर्‍यो ‘स्टोरी बैंक’

फिल्म । चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’ स्थापना गरेको छ । नेपाल सरकारले यस वर्षको बजेटमा मौलिक फिल्म निर्माणलाई प्रोत्साहन गर्ने घोषणा गरे अनुसार बोर्डले मौलिक कथा छान्न ‘स्टोरी बैंक’ स्थापना गरेको हो । ‘स्टोरी बैंक कार्यविधि-२०७७’ मस्यौदा समेत तयार पारेको छ ।

बोर्डका सदस्य सचिव महेन्द्रबहादुर साँखीको संयोजकत्वमा गठित ११ सदस्य मस्यौदा समितिले ‘स्टोरी बैंक कार्यविधि-२०७७’ तयार पारेको हो । समितिमा सह-संयोजक नवल खड्का र सदस्यहरुमा विकासराज आचार्य, रमेश रञ्जन झा, फुलमान वल, दिपेन्द्र के. खनाल, छिरिङ रितार शेर्पा, मीनबहादुर भाम, केकी अधिकारी, ताराकुमार श्रेष्ठ र गिरिश शर्मालगायत रहेका छन् । ‘स्टोरी बैंक’ स्थापनापछि फिल्म निर्माणमा सरकारको तर्फबाट मौलिक फिल्म निर्माणलाई सहयोग रहने आश जागेको छ ।

कमेन्ट गर्नुहोस्