सौन्दर्य । ‘मिष्टर नेपाल २०२४’को खोजी सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्सले विहिबार एक विज्ञप्ती जारी गर्दै मिष्टर नेपालको नयाँ संस्करणका लागि आवेदन खुल्ला भएको जनाएको हो । १८ वर्षदेखि २८ वर्ष ननाघेका युवाहरुले सहभागीता जनाउन सक्ने प्रतियोगिताको आवेदन इसेवा तथा नेक्स्ट मोडल्स नेपालको कार्यलय वा सामाजिक संजालबाट समेत प्राप्त गर्न सकिनेछ ।
प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ७ इन्च माथि उचाई भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । विज्ञप्तीमा अनुसार असारको अन्तिम साताबाट मिस्टर नेपालका लागि देशभर अडिसन हुनेछ । देशभर छरिएर रहेका युवाहरुलाई सहभागीताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशभर अडिसन गर्न हुँदै आएको हो । प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२४’ वा ‘मिष्टर ग्लोवल २०२४’ मा नेपालको प्रतिनिधित्वसँगै नगद र पुरस्कारर विभिन्न गिफ्ट समेत जित्न सक्नेछन् ।