फिल्म । अभिनेत्री स्वस्तिमा खड्काले गायक प्रकाश सपूतले पुराना निर्देशक झैँ आफूलाई तयारी गरेर फिल्म निर्देशन गरेको बताएकी छिन् । उनले हालै फिल्म ‘वसन्त’ को पहिलोगीत सार्वजनिक कार्यक्रममा गायक सपूतको कार्यकौशलताको प्रसंशा गर्दै आफू समूहमा जोडिन पाउँदा नयाँ अनुभव बटुलेको बताइन । उनले भनिन्,‘म यो फिल्ममा काम गर्न पाउँदा निकै उत्साहित छु । यसले मलाई एउटा छुटै जीवनसँग परिचित गराएको छ । अनि प्रकाश जी आफैँमा सम्पूर्ण विधामा पूर्ण भएको व्यक्ति । फिल्म निर्देशनमा मैले परिपक्क पाएँ ।’
उनले आफ्नो शान्तिको भूमिका सम्झिने मध्येको एक पात्र रहेको बताइन । गायक सपूतले आफ्नो समूहका कारण नै फिल्म बनाउन सम्भव भएको बताए । उनले आफ्नो भोगाई र अनुभवलाई संगालेर फिल्मको विषयवस्तु बनाएको बताए ।
आगामी चैत्र २२ गते देखि प्रदर्शनमा आउने फिल्म ‘वसन्त’ को प्रचारप्रसारकै क्रममा प्रकाशले आफ्नो कथा भन्ने प्रयाश गरेको बताए । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा यसको छायांकन गरिएको हो ।
फिल्ममा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्मको कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्ने छ ।