‘जय मम्मी दी’ को नयाँ पोस्टर

फिल्म । बलिउडमा पछिल्लो समय कन्टेन फिल्मले दर्शकको मन जित्ने गरेको छ । जसको उदाहरण पछिल्लो समय रिलिज भएको पति पत्नी और वो र गुड न्युजलाई लिन सकिन्छ । किनकी सलमान खान स्टारार दबंग ३ को फ्लप हुँदा यी दुइ फिल्मले गरेको व्यापारकै आधारमा कास्टले भन्दा पनि कन्टेनले कति महत्व राख्छ भने प्रस्ट्याइसकेको छ । यस्तै कन्टेनमा केन्द्रित निर्माता तथा निर्देशक लव रञ्जनको निर्माणमा बनेको फिल्म ‘जय मम्मी दी’ जनवरी १७ अर्थात् आउँदो शुक्रबार रिलिज हुदैछ ।

लवले फिल्मलाई टि सिरिजसंग मिलेर निर्माण गरेका हुन् । रिलिजको लागि तिन दिन मात्र बाँकी रहदा निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गरेको छ । जहाँ फिल्मका लिडकास्ट प्यारका पंच्नामा सिरिजबाट चर्चामा आएका सन्नी सिंह र सोनाली सेयगिल प्रस्तुत छन् । साथै यी दुइको मम्मी सुप्रिया पाठक र पूनम ढिल्लोन पनि देखिएका छन् । फिल्म यी दुइकै वरपर घुमेको छ ।

केहि कारणले यी दुइको बीचमा मनमुटाव हुँदा दुइ परिवारमा आउने समस्यालाई यसमा देखाइएको छ । रोमान्टिक कमेडी जनरको फिल्ममा सन्नी र सोनालीको प्रेममा दुइ मम्मी बाधक बनेपछि आउने परिस्थितिलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । फिल्ममा लेखन तथा निर्देशक नवजोत गुलाटीको रहेकोछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्