विवाह बारे बोलिन् कंगना

फिल्म । बलिउड सेलिब्रेटीमा ‘पंगा’ लिने मामिलामा अगाडी छिन् , कंगना रनौत । पछिल्लो समय बलिउडमा विवाद निम्त्याउनेमा अगाडी नाइँ उनकै आउछ । उनिया कंगना गत वर्ष निर्देशक बनिन् । उनमा सफलताको म,मात चढेपछि त्यसको असर काममा देखिएको उनका पछिल्ला केहि फिल्मले देखायो । तर , यतिबेला उनले अभिनय गर्ने फिल्म ‘पंगा’ भने उनकै लयमा छ । उनको फ्यानका निमित क्विन र तन्नु वेड्स मन्नु सिरिजपछि प्रतिक्षित फिल्म बनेको छ । ऋतिक रोशनसँग ब्रेकअप भएपछि उनीमाथि विभिन्न आरोप लगाउँदै आएकी कंगनाले विवाह गर्न सक्ने संकेत गरेकी छिन् ।

फिल्मकै निर्देशक अश्विनी अय्यर तिवारी र उनका पति नितेश तिवारीलाई नजिकबाट नियालेपछि उनिमा विवाहको रहर जागेको हो । ‘अश्विनी र नितेशले एक अर्काको कामलाई सम्मान गर्नुका साथै एक अर्कालाई निकै सघाउछन्’ उनले भनिन् । यसैले गर्दा उनेल सन् २०२० मा विवाह गर्ने मनसाय बनाएकी छिन् । उनले आफू कसैको प्रेममा रहेको खुलाएकी छन् । नेपोटिज्मको विरुद्धमा आवाज उठाउँदै आएकी अभिनेत्री कंगानाको रोमान्टिक र सफ्ट साइड कमै देखिन्छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्