‘डान्सिङ वीथ द स्टार नेपाल’ घोषणा

टिभी । विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ वीथ स्टार्स’को नेपाली संस्करण ‘डान्सिङ वीथ द स्टार नेपाल’ हुने भएको छ । वैशाखको पहिलो साताबाट सुरु हुने रियालिटी शो हिमालयन टेलिभिजनमा प्रसारण हुने राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको छ ।

बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायत ६० भन्दा बढि देशमा प्रसारण भइरहेको शोको ‘डान्सिङ वीथ द स्टार नेपाल’ फ्रेन्चाइज शो हो । यस शोमा हरेक विधामा लोकप्रियता कमाएका १२ जना प्रतिस्पर्धीलाई सहभागी गर्ने गराइन्छ । गायक बुद्ध लामा, सृष्ट्रि केसी, टिकटक स्टार दिपा र दमन्ता, कमेडियन उमेश राई, पत्रकार ऋर्षि धमला, मैथिली नायिका पुजा ठाकुर, बालकलाकार देवांशी बैदवार, मिस नेपाल युनिभर्स मनिता देवकोटा, अभिनेता अनुप विक्रम शाही, मोडल ज्योति मजर, मोडल सुमी मोक्तान र फुटबल खेलाडी अनिल गुरुङ प्रतिस्पर्धीको रुपमा रहेका छन् ।

उनीहरुलाई युमी बलामी, राजिव कुमार, कविता नेपाली, प्रमोद कुमार भण्डारी, सुभम भुजेल, लाउरे सिंह, कोमल पाण्डे, केविका पाण्डे, सुनिल विक, प्रविन विक, भिजु पार्की, केशव थापाले कोरियोग्राफ गर्नेछन् । निर्णायकको रुपमा गौरी मल र रेनाशा बान्तवा राई रहेका छन् भने एक जना निर्णायक छनौट गर्न बाँकी रहेको बताइएको छ । भारतमा यो शो ‘झलक दिखलाजा’ नामले परिचित छ ।

कमेन्ट गर्नुहोस्