फिल्म । पछिल्ला केही फिल्ममार्फत सफलता पाउन नसकेकी अभिनेत्री वर्षा सिवाकोटीलाई ‘परदेशी २’ मार्फत राहत मिलेको छ । डेव्यु फिल्म ‘नाई नभन्नु ल २’ र ‘पशुपति प्रसाद’ बाहेक उनले अभिनय गरेका अधिकांस फिल्म असफल भएपछि वर्षालाई ‘अनलक्की’को रुपमा हेरिएको थियो । किनकि उल्लेखित दुई फिल्ममा उनको भूमिका अतिथिको झैँ छ । उनको अभिनय र सुन्दरताको तारिफ हरेक फिल्ममा हुने गरेता पनि सफलता नपाएकी वर्षाले राहत पाएकी छिन् ।
फिल्मको प्रचारप्रसारमा समेत उनी काठमाडौँसँगै मोफसलमा सक्रिय थिइन् । नारायण रायमाझी निर्देशित यो पारिवारिक तथा सामाजिक फिल्मले दर्शकको मन मात्र जितेन, वर्षाको कामको पनि तारिफ भईरहेको छ । उनले फिल्ममा निवार्ह गरेको लुजाको भुमिका दर्शकले रुचाएका छन् ।
दशैंको छेको पारेर रिलिज भएको फिल्म ‘परदेशी २’ बक्स अफिसमा हिट भएपछि आउँदा दिनमा आफुले टिम र ब्यानर हेरेर काम गर्ने तयारी रहेको उनले बताएकी छिन् । घोषणा भएअनुसार छायांकन भएमा आउँदो बर्ष वर्षाको ‘काजी’ रिलिज हुनेछ । यसमा उनको जोडी अभिनेता विपिन कार्कीसँग बाँधिएको छ । यसको छायांकन आउँदो माघको अन्तिम साताबाट बेलायत गर्ने तयारी गरिएको छ ।