सेन्सर पास भयो ‘चिठ्ठी’

फिल्म । नेपाल केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘चिठ्ठी’ लाई प्यारेन्टल गाइडेन्स अर्थात पिजी सर्टिफिकेट दिएको छ । फिल्म सेन्सर भएको निर्देशक माधव खरेलले जानकारी दिए । उनका अनुसार यो फिल्म १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा हल पुग्नु पर्नेछ । एरा प्रोडक्सनको प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्म कमेडी, सस्पेन्स र थ्रिलर जनरामा निर्माण भएको हो । फिल्म सञ्चारकर्मी समेत रहेकी कमला जोशीले निर्माण गरेकी हुन् । खरेललकै लेखन रहेको फिल्मको प्रदर्शन मिति भने तय भएको छैन ।

फिल्ममा सन्जित भण्डारी, खड्ग बहादुर पुनमगर (खवपु), गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, मुस्कान लामा, प्रवण भुसाल, कञ्चन चालिसे, नम्रता खरेल पौडेललगायतको मुख्य अभिनय रहेको छ । मोहन निरौला, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारको समेत फिल्ममा अभिनय देख्न सकिन्छ ।

सरोज कोइरालाको संगीत, जीवन पराजुली र राजन खरेलको छायाँकन, किरण दाहालको द्धन्द्ध, कृष्ण बहादुर कार्कीको निर्माण व्यवस्थापन रहेको फिल्म राजेश कुमारले सम्पादन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्