वेब सिरिजमा माधुरी

0 Shares

फिल्म । बलिउडमा धकधक गर्लको ट्याग पाएकी अभिनेत्री माधुरी दीक्षित अब डिजिटल प्लेटफर्मतर्फ छिटै देखिने भएकी छिन् । पछिल्लो समय उनले वेब सिरिज गर्ने निर्णय लिएसँगै उनि ओटीटिमा आउने भएकी हुन् । करण जौहरको प्रोडक्सन हाउसबाट बन्न लागेको वेब सिरिजमार्फत डिजिटल डेब्यु गर्न लागेकी माधुरीले मार्चको सुरुवातमा केहि प्रतिशत छायांकन पनि सकाएकी थिइन् ।

यद्दपी कोरोना भाइरसको कारण सिर्जित अवस्थाले गर्दा छायांकन रोकियो । अब , बाँकि रहेको काम सकाउन उनले सहमति दिएकी छिन् । निर्माताले यही महिनाको अन्तिमबाट यसको पुनः सुटिङ सुरु हुने जानकारी दिएका छन् । यस पटक मुम्बईको ठाउँमा नासिकमा सुटिङ गर्न लागिएको उनीहरूले बताएका छन्। १५ दिनको सुटका लागि एउटा बंगला लिइएको छ। प्रोडक्सन टिमले बंगलामा सेट बनाउन सुरु गरेको छ। माधुरी र बाँकी टिम यो महिनाको अन्तिम वा नभेम्बरको सुरुमा नासिक पुग्ने बताइएको छ।

नेटफ्लिक्समा रिलिज हुने यो वेब सिरिज फेमेली ड्रामा हुनेछ भने , यसको नाम ‘एक्ट्रेस’ राखिएको छ । माधुरी पनि आफ्नो डिजिटल डेब्युलाई लिएर उत्साहित छिन् । उनि पछिल्लो समय टोटल धमाल फिल्ममा देखिएकी थिइन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्