फिल्म । चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषकी संयोजक बसुन्धरा भुषालले आफ्नो व्यक्तिगत घुमघामका लागि अमेरिका पुग्दा समेत सहयोग रकम जुटाएकी छन् । ६ महिना अघि अमेरिका पुगेकी अभिनेत्री भुषालले रकम संकलन गरेर गत बुधवार चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई ३ लाख बिस हजार बढि रकम हस्तानतरण गरेकी हुन् । उनले अमेरिकामा रहेका कलाकार तथा चलचित्रकर्मी र नेपालीहरुसंग सहयोग संकलन गरेकी थिइन् ।
अमेरिका बाल्टिमोरमावासी बरिष्ठ लोक गायक प्रेम राजा महतबाट १ लाख तीन हजार दुई सय, कलाकार पुजा आर लामा र राजु लामाबाट २४ हजार १ सय बिस, कलाकार साराङ्गा श्रेष्ठबाट २४ हजार १ सय बिस, कलाकार सबिता अधिकारीबाट १२ हजार ६ सय, दिव्य चन्दबाट १२ हजार १ सय बिस, कलाकार अरुणिमा लमसालबाट १२ हजार १ सय बिस, कलाकार दिलिप रायमाझी र मञ्जु रायमाझीबाट १२ हजार १ सय बिस, कलाकार रञ्जना शर्माबाट १२ हजार १ सय बिस, कलाकार मुकेश आचार्यबाट १२ हजार १ सय बिस, सुरेश श्रेष्ठबाट १२ हजार १ सय बिस, कलाकार राधा शर्मा (भाव)बाट ६ हजार १ सय बिस, भेष पोखरेलबाट ६ हजार १ सय बिस, अमेरिका न्युजर्सिवासी प्रकाश शर्मा र करुणा शर्माबाट २४ हजार १ सय बिस, अमेरिका बोस्टनवासी संचिता थापाबाट २४ हजार १ सय बिस, अमेरिका न्युयोर्कवासी डाक्टर रबिन राईबाट १२ हजार १ सय बिस संकलन गरि केहि अपुग रकम स्वयम् संयोजक भुषाल र उनका परी चेत नारायण भुषालको तर्फबाट थप गरेर ३ लाख १६ हजार पाँच सय ६० रुपैयाँ हस्तान्तरण गरिएको हो ।
यस्तै, नायक पल शाहले पनि १ लाख एक सय एक रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । कोषले समस्यामा रहेका चलचित्रकर्मीलाई सहयोग गर्ने, औषधी उपचार गरिदिने, आपतकालिन अवस्थामा सहयोग गर्ने, मृत्युपरान्त काजकिरियामा सहयोग गर्ने लगायतका कार्य गर्दै आइरहेको छ ।










