यसकारण अजयले लिए ऋण

फिल्म । बलिउड अभिनेता अजय देवगनले हालै ऋण लिएका छन् । उनले १९ करोड ऋण लिएका हुन् । आखिर उनले ऋण किन लिए त ? यो जिज्ञाषा धेरैलाई हुन् सक्छ । उनले हालै मुम्बईस्थित जुहु क्षेत्रमा नयाँ घर किनेका छन् । अजयले ४७ करोड भारु (७५ करोड नेपाली रुपैयाँ) मा सो घर किनेका हुन् । यही घर किन्न उनले झन्डै १९ करोड भारु ऋण लिएको भारतीय मिडियाले उल्लेख गरेको छ ।

अजय र उनकी श्रीमती काजोलले गत वर्ष देखि नै किन्न खोजिरहेको नयाँ घर उनीहरुकै पुरानो घर ‘शिवशक्ति’ नजिकै करिब चार सय ७४ वर्ग फिट जग्गामा अवस्थित छ ।

यो नयाँ घर अजय र उनका आमा वीणा देवगनको नाममा छ । अजयको नयाँ घरको वरिपरि अन्य थुप्रै चर्चित बलिउड अभिनेताहरु अक्षय कुमार, हृतिक रोशन, धर्मेन्द्र र अभिताभ बच्चनको घरहरु रहेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्