सलमानले घोषणा गरे ‘किसिका भाइ किसिकी जान’

फिल्म । सलमान खानको आउँदो फिल्म ‘किसिका भाइ किसिकी जान’ को टाइटल अनाउन्स गरिएको छ । फिल्मको एक भिडियो सार्वजानिक गर्दै टाइटल घोषणा गरिएको हो । सार्वजनिक टाइटल भिडियोमा सलमानलाई ‘भाइजान स्वाग’ मा देखिएका छन् । छायांकनको समयमा फिल्मको नाम ‘कभी इद कभी दिवाली’ रखिएको थियो । यद्दपि रिलिजको समयमा शिर्षक फेरिएको छ ।

यसै फिल्म मार्फत रियालिटी शो ‘बिग बोस १३’ बाट चर्चामा आएकी मोडल शहनाज गिल अभिनयमा डेब्यु गर्दैछिन् । ‘बिग बोस १३’ बाट नोटिस भएकी शहनाजले सलमानको फिल्म मार्फत अभिनयमा पाइला टेक्न लागेकी हुन् । फरहाद सामजीले निर्देशन गरिरहेको फिल्ममा सलमानसँगै दक्षिण भारतीय अभिनेत्री पूजा हेगडेको पनि मुख्य भूमिका छ। फिल्ममा आयुष शर्मा, राघव जुयालको पनि अभिनय रहेको छ।

कमेन्ट गर्नुहोस्