माइती र चेलीको कथामा ‘बन चरी’

संगीत । गायिका एलिना चौहानको ‘बन चरी’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा भूमिका सुब्बाको शब्द रचना रहेको छ भने साजन राईको सङ्गीत रहेको छ । पछिल्लो समय एकपछि अर्को गीत मार्फत सफलताको उकालो चढिरहेकी एलिनाको यस गीतमा माइती र चेलीको सम्बन्ध देखाइएको छ ।

गीतमा अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको छ । भिडियोमा आफूलाई जन्म दिने आमा बुवा र आफू हुर्केको ठाउँलाई छोडेर जानुपर्दाको पिडा र सम्झना मार्मिक भावमा प्रस्तुत गरिएको छ । भिडियोलाई किरण चाम्लिङले निर्देशन गरेका हुन् । अनिल रानाले सम्पादन गरेको भिडियो भूपेन्द्र तुबहाम्फेले खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्