दोश्रो ‘कर्णाली चलचित्र कार्यशाला’ हुँदै

फिल्म । दोश्रो ‘कर्णाली चलचित्र कार्यशाला’ आगामी ५ मङ्सिरबाट ११ सम्म कर्णालीको सुर्खेतमा आयोजना हुने भएको छ । गत वर्ष असारको दोश्रो साता यो कार्यशाला सुर्खेतमा आयोजना गरिएको थियो । पहिलो कार्यशालामा चलचित्र सम्बन्धि प्राथमिक कोर्स सिकेका विधार्थी र अन्य नयाँ विधार्थीहरुलाई यसपटक चलचित्रबारे एडभान्स कोर्षको प्रशिक्षण दिन लागेको आयोजक संस्थाले जनाएको छ ।

यो कार्यशलामा यसपटक चलचित्र विकाश बोर्डका अध्यक्ष तथा अग्रज अभिनेता भुवन केसीको मास्टर क्लास हुने भएको छ । यस्तै चलचित्र लेखक निर्देशक दयाराम दाहालले चलचित्र निर्माण सम्बन्धि विशेष क्लास लिने भएका छन् । चलचित्र लेखक÷निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले स्कृप्ट लेखन र चलचित्र निर्देशनको प्रयोगात्मक सहितको कक्षा लिने भएका छन् । सोही कार्यशालामा अभिनेत्री सरिता गिरीले अभिनय सम्बन्धि प्रशिक्षण दिने छिन भने छायाँकार पुरुषोत्तम प्रधान र निरज कँडेलले छायाँकन सम्बन्धि प्रयोगात्मक प्रशिक्षण दिने छन् ।

सोही कार्यशालामा सञ्चारकर्मी तथा मेकअप आर्टिष्ट सरिता भारतीले फिल्ममा क्यारेक्टर मेकअपको प्रयोगात्मक प्रशिक्षण दिने छिन् । यस्तै फिल्म सम्पादक प्रितम पाण्डेले कार्यक्रममा फिल्म सम्पादन सम्बन्धि कक्षा लिने भएका छन् । कार्यशालामा सहभागी विधार्थीहरुले तीन वटा बृत्तचित्र र तीन वटा लघू चलचित्र निर्माण गर्ने छन् ।

कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विधार्थीहरुले यो कार्यशालामा भाग दिने भएका छन् । चलचित्र विकाश बोर्डको सहकार्यमा हुने यो कार्यशालालाई नेपाल टेलिकम, दुरसञ्चार प्राधिकरण, आयल निगम, नविल बैंक, कृषी विकाश बैंकको सहयोग रहने भएको छ ।

कमेन्ट गर्नुहोस्