संगीत । सक्किगोनी’ टेलिफिल्ममा क्रकोजकी गर्लफ्रेण्डको रुपमा अभिनय गरेर चर्चामा आएकी उषा उप्रेती र कोरियोग्राफर गम्भिर विष्ट अभिनित म्युजिक भिडियो ‘फूल दिन्छु भन्थ्यौँ’ सार्वजनिक भएको छ । उषा र गम्भीरको जोडी प्रस्तुत भिडियोमा वैदेशिक यात्राले सम्बन्धमा ल्याएको दरारलाई प्रस्तुत गरिएको छ ।
बालकुमारी घिमिरेको शब्द तथा डैनी निरौला को संगीतमा रहेको गीतमा गायक विश्व नेपालीको स्वर रहेको छ। ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफी रहेको गीतको भिडियोलाई नविन निरौलाले सम्पादन तथा कलर करेक्सन गरेका छन् । यसमा गम्भीरकै निर्देशन रहेको छ।
कमेन्ट गर्नुहोस्










