फिल्म । नेपाली महिला फुटबलकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ले प्रदर्शनको एक सय दिन पूरा गरेको छ ।
यो फिल्मले काठमाडौँको क्युएफएक्स सामाखुसीस्थित सिटी स्क्वायर मल, कीर्तिपुरको सिनेप्लेक्स, इटहरीको इलाइट सिनेमा हल, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवनको पर्सा बजारस्थित म्याङ्गो जनज्योति सिनेमा र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा एकसाथ सय दिनको प्रदर्शन पूरा गरेको निर्देशक मिलन चाम्सले जानकारी दिए।
फिल्ममा कप्तान सुब्बाले स्वयं आफ्नो भूमिका निर्वाह गरेकी छिन् । कप्तान सुब्बासँगै दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ र प्रेमकुमार श्रेष्ठले अभिनय गरेका छन् ।
कमेन्ट गर्नुहोस्