‘वीर विक्रम २’ पनि यसैवर्ष

फिल्म । सार्वजनिक पहिलो गीत ‘पिरतीको मिठो तिर्सना’ मार्फत नै चर्चामा रहेको फिल्म ‘वीर विक्रम’ यसै वर्ष रिलिज हुने भएको छ । फिल्म रिलिजको डेट यसैवर्षलाई तय गरिने निर्माण पक्षले जनाएका छन् । फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सले यसै वर्ष फिल्म रिलिज गरिने बताएका छन् । किनकी नि चैत्रको दोस्रो साताबाट फिल्म ‘बोबी २’ को छायाँकनमा व्यस्त हुनेछन । यसै गर्दा पनि उनले त्यसअगावै फिल्म रिलिज गर्ने सम्भावना बढ्दो छ । ‘मैले केहि डेट वितरकहरुसँगको छलफलपछी पाएको छु’ मिलनले भने ‘अन्तिम छलफलपछी केहि दिनमै डेट सार्वजनिक गर्छौ ।’ फिल्ममा पल शाह , वर्षा शिवाकोटी र नजिर हुसेन ङ मुख्य भूमिकामा छन् । फिल्ममा वीर अर्थात् पल र विक्रम अर्थात नाजिरको मित्रतालाई देखाइनेछ ।

चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको सयुक्त ब्यानरमा निर्माण भएको फिल्म अपर्ण सापकोटा सह निर्माताको रुपमा रहेका छन् । यसमा पल , वर्षा र नाजिरसँगै विनिसा भण्डारी, बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज शाक्य लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको ‘विर विक्रम २’मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन सिनेमामा रहेको छ ।

कमेन्ट गर्नुहोस्