अष्ट्रेलियामा ‘गलबन्दी नाइट’ हुँदै

सङ्गीत । अष्ट्रेलियामा नेपाली सांगीतिक कार्यक्रम ‘गलबन्दी नाइट’ आयोजना हुने भएको छ । उक्त कार्यक्रम यही जनवरी २३ तारिखदेखि सुरु हुन लागेको हो ।कार्यक्रममा पछिल्लो समय चर्चामा रहेकी गायिका समीक्षा अधिकारी, गायक आमेश भण्डारी तथा गायक तथा संगीतकार सुवास खत्रीको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागी हुन समीक्षा अधिकारी र सुवास खत्री सहितको टोली अष्ट्रेलिया जाने तयारीमा रहेको छ भने अभिनेता समेत रहेका आमेश भण्डारी भने हाल अष्ट्रेलियामै रहेका छन् । सुवास खत्री पछिल्लो समय चर्चित गीत ‘शिरमा शिरबन्दी’ मार्फत दर्शकमाझ लोकप्रिय बनेका छन् ।

आयोजकका अनुसार कार्यक्रम ग्राण्ड प्यालेस फङ्सन, परामाटा रोड, अर्बनमा आयोजना हुनेछ । साँझ ६ बजेपछि कार्यक्रम सुरु हुने जानकारी पनि आयोजकले दिएका छन् । नेपाली मौलिक गीतसंगीत तथा सांस्कृतिक मनोरञ्जनको प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।

कमेन्ट गर्नुहोस्