कट्रिना भन्छिन् ‘इगोले फाइदा गर्दैन’

फिल्म । पछिल्लो समय कट्रिना कैफ निकै चर्चामा छिन् । उनलाई उनको आउँदो फिल्म ‘सूर्यवंशी’ को ट्रेलरले चर्चामा ल्याएको छ नै अर्को कारण कार्तिक आर्यन हुन् । उनले एक प्रेस भेटघाटमा कट्रिनाको खुट्टा नै ढोगेका थिए । यसैले गर्दा उनि चर्चामा छिन् । बलिउडमा तिनै खानसंग काम गरेकी कट्रिना लक्की मानिन्छिन । किनकी उनको अभिनय र संवादको खासै चर्चा नहुने पनि उनले स्टारसंग काम गरिरहन सफल छिन् । त्यसो त उनको यो यात्रामा सलमान खान पनि उत्तिकै सहयोगी छन् । खान क्याम्पकै हिरोइन भएको कारण उनले बलिउडमा राम्रो स्थान पाइन् ।

बलिउडमा सलमान , शाहरुख खान र आमिर खान मात्र नभई ऋतिक रोशन , अक्षय कुमार , रनबिर कपूर जस्ता कलाकारसंग स्क्रिन शेयर गरेकी कट्रिनाले आफुमा इगो नभएको बताएकी छिन् । उनि भन्छिन्, ‘ करियर सुरु गरेदेखि नै मेरो लक्ष्य नै स्टार बन्ने थियो , सबै मान्छेले मलाई रुचाउन र हेरुन् भन्ने म चाहन्थें  ।’ अभिनेत्री हेमा मालिनीलाई आदर्श मान्ने कट्रिनाले बलिउडका बिग स्टारहरुसंग फिल्म खेल्दा छायामा परिने डर नभएको समेत प्रस्ट्याएकी छिन । ‘सबै कलाकार साथीहरु छन् र मेरो उदेश्य भनेको धेरै भन्दा धेरै दर्शकसामु पुग्ने हो,’ कट्रिनाले भनिन् । उनले मित्रतामा ‘इगो हर्ट’ नगर्ने समेत बताइन । (एजेन्सी)

कमेन्ट गर्नुहोस्