सिरिज । केही वर्ष यता भारतमा गाउँको कथा देखाउनेमा टिभीएफ अर्थात द भाइरल फेभर अगाडि छ । सुरुआती समयमा कुनै ओटीटी प्लेटफर्मले नपत्याएपछि युट्युबमार्फत आफ्नो कन्टेन सार्वजनिक गरेको टिभीएफ अहिले सर्वाधिक खोजिने कन्टेन मेकर कम्पनि हो । यसका सिरिजले दर्शकले जोड्ने गर्छ । सोही कारण दर्शक यसको प्रतीक्षामा छन् । यसको तीन सिरिजलाई दर्शकले निकै प्रतीक्षा गरिरहेका छन् । ती हुन् ‘पञ्चायत’,‘गुल्लक’ र ‘कोटा फ्याक्ट्री’ । आज हामी यिनकै विषयमा तपाईलाई जानकारी दिदैछौँ ।
पञ्चायत
ग्रामिण भेगको राजनीति र भोगाईलाई जीवन्त प्रस्तुत गरिएको ‘पञ्चायत’ को तेस्रो सिजन यही मे महिनाको अन्तिममा आउदैछ । गाउँमा सचिव बनेर पुगेका जीतेन्द्र कुमारको आँखाबाट प्रस्तुत गरिने कथा नेपालीको मधेसमा पनि पाइन्छ । यस्तै, कारण यो नेपालमा पनि उत्तिकै प्रतिक्षित छ । फुलेरा गाउँको राजनीति र प्रमुख सचिव अभिषेकको प्रेमकथाको झलक सार्वजनिक ट्रेलरमा देखाईएको छ । ८ एपिसोडको नयाँ सिजनलाई अघिल्ला सिरिजकै निर्देशन दीपक कुमार मिश्राले निर्देशन गरेका छन् ।
सचिवले गाउँमा भइरहेको बेकारको राजनीतिबाट जोगिएर पढाइमा ध्यान केन्द्रित गर्न खोज्दा अर्कोतर्फ फुलेरा गाउँमा पञ्चायतको निर्वाचन हुन लागेको विषय यस सिजनमा देखाइएको छ । गत सिजन, विधायक साहेबले प्रधान जी र सचिवजीलाई समस्यामा पारेका थिए र उनीहरूको जागिर पनि खतरामा थियो । सिरिजमा जितेन्द्र कुमार, नीना गुप्ता, रघुवीर यादव, फैसल मलिक, चन्दन रोय र सान्विका जस्ता कलाकारहरू देखिनेछन् ।
गुल्लक
यो सिरिजको चौथो भाग जुन ७ मा आउँदैछ । यसमा थोरै पात्र छन्, तर कथा सबैलाई हुने छ । एक मिश्रा परिवारमा चार जना छन् । मिश्रा, उनकी श्रीमती र दुई छोरा । मिश्रामार्फत इमान्दार कर्मचारी, उनकी श्रीमती शान्तिमार्फत गृहणीको त्याग र समर्पण, जेठा छोरा अमनमार्फत शिक्षित वेरोजगार युवाको अवस्था र राजनीति आकर्षण तथा कान्छा छोरा अमनमार्फत शिक्षा व्यवस्थालाई व्यंग्य गरिएको छ । यी चारले समाजको कथा व्यक्त गरेका छन् । यो सिरिजले तपाईलाई मिश्रा परिवारसँग सजिलै जोड्छ । यसमा जमाल खान, गितान्जली कुल्कर्नी, वैभव राज गुप्ता, हर्ष मयर लगायतले अभिनय गरेका छन् । यसलाई श्रेयंश पाण्डेले निर्देशन गरेका छन् ।
कोटा फ्याक्ट्री
यसको तेस्रो सिजन आउँदैछ । विशेषत यो विद्यार्थी माँझ निकै लोकप्रिय छ । राजिस्थानको एजुकेसन हब भनेर चिनिने कोटामा बुवाआमाको सपना बोकेर आइआइटी पढ्न पुगेका विद्यार्थीको कथा र सङ्घर्षलाई यसमा देखाईएको छ । यहाँ घरबाट निस्केर विद्यार्थीले गर्ने सङ्घर्ष दुरुस्तै देखाईएकोले दर्शकको रोजाईमा परेको हो । पहिलो शृंखला कुनै ओटीटी कम्पनिले नकिनेपछि युट्युबमा राखिएको थियो । यद्यपि यसको दोस्रो सिजनदेखि नेटफ्लिक्स जोडिएको छ । यसमा जितेन्द्र कुमार, मयुर मर, रंजन राज, अलाम खान, रेवती पिल्लई, उर्वशी सिंह लगायतले अभिनय गरेका छन् । यसलाई राघव सुब्बुले निर्देशन गरेका हुन् ।