अनमोलका लागि जोनले दिए स्वर

फिल्म । नेपाली युवापुस्ता माँझ चर्चित गायक जोन राइ पार्श्व गायक बनेका छन् । पछिल्लो समय बालेन, सुशान्त केसी, मिस्टर डी, दुर्गेश थापापछि पार्श्व गायनमा राई आएका हुन् । युट्युब र स्पोटीफाईमा निकै सुनिएका र पछ्याइएका गायक राईले अनमोल केसी स्टारर ‘जेरी अन टप’मा एक गीत गाएका छन् । ‘सिचुएसनल सङ’ बताइएको यो गीतको रेकर्ड एक महिनाअघि नै जोनले गरिसकेको निर्माता सरोज न्यौपानेले बताए ।

पछिल्लो दर्शकीय पुस्ताका ढुकढुकी हुन् र विशिष्ट गायन शैलीले परिचित राईको स्वरले फिल्मको हाइप बढाउने विश्वास निर्माण पक्षको छ । आफैले गीत रेकर्ड गरेर जोनले दिएको सरोजले बताए । यो सहित अब फिल्ममा ५ गीत हुनेछन् । एकपछि अर्को हिट गायक संलग्न भएको र गीतको छायांकनमा पनि ठूलै लगानी भएकाले पनि ‘जेरी अन टप’को संगीत पक्ष अब्बल हुने अनुमान गर्न सकिन्छ । अझै २ गीतको छायांकन बाँकी छ । अहिलेसम्म ६ करोड खर्च भएको दावी मेकरको छ ।

सुयोग गुरुङ निर्देशित फिल्ममा अनमोलसहित केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ लगायतको अभिनय छ ।

कमेन्ट गर्नुहोस्