साराको पछाडी सलोन र बिनोद (सुश्री सम्पति ट्रेलर )

फिल्म । मङ्सिर २८ मा रिलिज हुने फिल्म ‘सुश्री सम्पति’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा दुई युवालले सुश्री सम्पतिको पछाडी लाग्नुको कारण र प्राप्तिको लागि गरिने संघर्षलाई देखाइएको छ । ट्रेलरमा फिल्मका तिन पात्र सलोन बस्नेत , सारा सिर्पाली , बिनोद न्यौपाने , प्रमोद अग्रहरी र राजाराम पौडेल फिचर्ड छन् ।

यिनकै वरपर फिल्मको कथा घुम्ने भएकोले ट्रेलर पनि यिनमै फोकस छ । पोष्टप्रोडक्सनमा रहेको फिल्मको ट्रेलरलाई सहिल खानले तयार पारेका हुन् । रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने प्रियंका कार्की विशेष भूमिकामा छिन् ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन्

कमेन्ट गर्नुहोस्