फिल्म । बाहुबली सिरिज मार्फत दर्शक माँझ निकै कर्ज बढाउँन सफल एक्टर प्रभासको पछिल्लो फिल्म ‘साहो’ को प्रतिक्षामा उनको फ्यान छन् । किनकी बहुबाली २ पछी उनलाई अहिलेसम्म दर्शकले पर्दामा देख्न पाएका छैनन् । निर्माण पक्षले पनि प्रभास र एक्ट्रेस श्रद्धा कपूरको जन्मदिनमा ‘शेड्स अफ साहो’ रिलिज गरेको थियो ।
उक्त भिडियो सार्वजनिक भएसँगै प्रभासको फिल्मको प्रतिक्षा फ्यानमा निकै बढेको छ । फिल्मलाई दर्शकले दुइ भागमा हेर्न पाउनेछन् । यसैले गर्दा पनि फिल्ममा प्रभास कस्तो भूमिकामा छन् भन्ने कौतिहलता फ्यानमा बढ्दो छ । किनकी फिल्मको टिजरसम्म दर्शक माँझ आएको छैन । तर , उनको भूमिकालाई लिएर मिडियामा विभिन्न खबर आइरहेको छ । प्रभासलाई फिल्ममा दर्शकले पुलिस अफिसरको भूमिकामा देख्न पाउइनेछ भने यसलाई बदलाको कथा भनिएको छ । फिल्ममा दर्शकले प्रभासको डबल रोल समेत देख्न पाउनेछन् ।
फिल्मलाई लिएर निर्देशक सुजितले निकै सरप्राइज रहेको बताएका छन् । तर , यस खबरको बारेमा निर्माण पक्षले कुनै प्रतिक्रिया दिएको छैन् । यस फिल्मलाई दर्शकले स्वतन्त्रता दिवसको अवसरमा अर्थात् सन् २०१९ को अगस्ट १५ मा हेर्न पाउनेछन् । फिल्मको एक्सनलाई केनी बेट्सले निर्देशन गरेका हुन् । मिसन इम्पोसिबल र ट्रान्सफर्मर जस्ता हलिउड फिल्म मात्र होइन केनीले साउथकै ‘२.०’ को एक्सन पनि कोरियोग्राफ गरिसकेका छन् । (एजेन्सी)











