फिल्म । निर्माणको तयारीमा रहेको फिल्म ‘बाघचाल’ले मुख्य अभिनेत्रीका अडिसनमार्फत छनौट गर्ने भएको छ । फिल्मले देश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गर्दै डिजिटल अडिसन आव्हान गरेको हो । सम्राट बस्नेतको निर्देशनमा तयार हुने फिल्मको अडिसनमा सहभागिता जनाउन फोटो र दुई मिनेटको आफ्नो प्रस्तुतिसहितको भिडियो basnetsamrat99@gmail.com वा ह्वाट्सएप नम्बर +९७७९८४३८३२४४ मा आगामी असर ७ गते भित्र पठाउनु पर्नेछ ।
निर्माण टिमले यसअघि सामाजिक सञ्जालमार्फत सूचना निकाल्दै फिल्मका लागि चाहिने ७ कलाकारका लागि अडिसन आव्हान गरेको थियो । जसअनुसार शनिबार र आइतबार राजधानीमा अडिसन सम्पन्न भएको छ । यो अडिसनमा १ सय ५१ जना सहभागी थिए । दुई दिनको अडिसनबाट छानिएका र डिजिटल अडिसनबाट छानिने मुख्य अभिनेत्री नाम आगामी असार १० गते सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।
उत्तरगया म्यूजिक एण्ड फिल्मस् तथा सबिन फिल्मस्को व्यानरमा बन्ने फिल्ममा न्यू लक्ष्मी ज्वेलर्स(यूके)को सहकार्य हुनेछ । राजीव गुरुङ(दीपक मनाङे)को प्रस्तुतिमा निर्माण हुने फिल्ममा कलाकारका रुपमा गुरुङ र सविन श्रेष्ठ यसअघि नै तय भइसकेका छन् ।
फिल्मको निर्मातामा धनबहादुर गुरुङ (डिबी), टिकाराम भण्डारी, समिर शाही (अष्ट्रेलिया) र कृष्ण थापा (अष्ट्रेलिया) छन् । फिल्ममा अभिनेता सबिन श्रेष्ठ कार्यकारी निर्माता छन् ।










