मोहनको ‘मायाको खेलमा’ आयुष्मान र प्रियंका (भिडियो)

संगीत । गायक मोहन राईको ‘मायाको खेल’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमादीपेन्द्रनाथ शर्माको शब्द र कन्काइस्ट राईको संगीत रहेको छ । भिडियोमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र डिजन भट्टराईलाई अभिनय रहेको छ भने यसलाई राजेन्द्र महर्जनले निर्देशन गरेका हुन् ।

यो गीत आफ्नो ‘मायाको खेल’ एल्बममा संग्रहित रहेको गायक राईले बताएका छन । उनले यसअघि ‘कस्तो सपना’ गीति एल्बम बजारमा ल्याएका थिए । भिडियोको नृत्य निर्देशन सुष्मा कोइरालाको रहेको छ भने सुमित राज भट्टको क्यामेरा र विप्लव आर पोखरेलको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्