यस्तो बन्यो ‘तान्डवम्’को ट्रेलर

फिल्म । कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको फिल्म ‘तान्डवम्’को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा फिल्मको कथासार देखाउने प्रयास गरिएको निर्देशक तथा कलाकार गहतराजले बताए ।

उनले भने,‘यो हाम्रो संयुक्त प्रयास हो । हामीले यसमा कथासँगै केही घटनाक्रम देखाउने कोसिस गरेका छौँ । फिल्म हेर्ने आउने दर्शक निराश नहुने किसिमको काम गरेका छौं ।’

‘भगवान पनि मै हुँ, राक्षस पनि मै हुँ’ संवादको प्रयोगलाई यसमा महत्वपूर्ण तरिकाले हेरिएको छ । जसले फिल्म प्रति दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । यसको डार्क थिममा तयार पारिएको टिजरमा सवैजना प्रमुख पात्रलाई स्थान दिइएको छ ।

महाशिवरात्रीको अवसर पारेर फगुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा जुनिमसँगै अंकित खड्का, पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । यसको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।

कमेन्ट गर्नुहोस्