नयाँ अनुहार खोज्दै ‘नाई नभन्नु ल ६’ टिम

फिल्म । नेपालमा बनेका सिरिज मध्ये सफल सिरिजमा पर्छ ,’नाई नभन्नु ल’ । विगतमा निर्माण भएका पाँच सिरिजले नै दर्शकको माया पाउदै बक्स अफिसमा कमाल गरेका छन् । एकपछि अर्को सिरिज बर्षेनी आउँदा पनि दर्शकको माया बढ्दो देखियो । यसैकारण लेखक हुँदै निर्देशक बनेका विकासराज आचार्यले ‘नाई नभन्नु ल २’ पश्चात यहिँ सिरिजलाई अगाडी बढाई रहेका थिए । तर , उनले यसलाई ब्रेक गर्दै बाहिरी व्यानरको फिल्म ‘हजार जुनीसम्म’ निर्देशन गरे । यद्दपी फिल्म ‘बक्स अफिस’ मा अपेक्षाकृत रुपमा सफल हुन् सकेन । त्यसपश्चात निर्देशक आचार्य आफ्नै सफल सिरिजमा फर्किने भएका छन् । केहि समय अगाडी नै फिल्म छायांकनमा जाने तयारी भएता पनि कोरोना भाइरसद्वारा सिर्जित अवस्थाले गर्दा छायांकनमा निस्किन सकेको छैन ।

यद्दपी कोरोना भाइरसको तेस्रो लहरको प्रभाव न्यून भएसँगै फिल्म छायांकनमा जाने तयारीमा छ । वैशाखबाट छायांकनमा जाने तयारीमा रहेको फिल्ममा सलोन बस्नेतको अभिनय रहने पक्का छ । फिल्ममा स्वयम् निर्देशक आचार्यकै कथा रहेको छ । साथै , कथालाई पटकथाको स्वरूप आचार्यसँग मिलेर सामीप्यराज तिमल्सेनाले दिएका छन् । पटकथाकार तिमल्सेनाले फिल्मको लागि नयाँ अनुहार खोजि भईरहेको बताए ।

‘हामी नायिका खोजिरहेका छौँ । कथामा रहेको पात्र सुहाउँदो नायिका भेटाए सेलेक्ट गर्छौ’ तिमल्सेनाले भने । उनले फिल्म मार्फत नायकको रुपमा नयाँ अनुहारले डेब्यु गर्ने पनि बताए । तीन नायिका र एक नायकको कथामा बन्ने फिल्ममा एक नायिका डेब्यु अनुहार हुनेछिन् । ‘स्थापित सिरिज मार्फत प्रतिभा भएका नयाँ अनुहारलाई मौका दिने उदेश्यका साथ कथामा सुहाउँदो भएकाले नयाँ अनुहारको खोजि भईरहेको हो’ तिमल्सेनाले भने । यसै सिरिज मार्फत वर्षा शिवाकोटी , पल शाह , वर्षा राउत , आँचल शर्मा , सेड्रिना शर्मा , अभिषेक नेपाल लगायतका नामहरु नेपाली फिल्मनगरीमा प्रवेश गरेका हुन् ।

कमेन्ट गर्नुहोस्