स्विमिङ पुलमा ‘होली’

मोडल । पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गरेर यसमै आफ्नो भविष्य देख्ने धेरै युवायुवतीहरु भेटिन्छन । नाम र दाम दुवै सहज किसिमले प्राप्त हुने देखिने यो क्षेत्रमा लगाव नभई लाग्दा यहाँ करियर बनाउने निकै कम छन् । यहाँ गर्नुपर्ने संघर्षले गर्दा नै भविष्य नदेख्नेको पनि कमि छैन । यद्दपी मोडलिङ छाड्ने भन्दा भित्रिनेको संख्या नै बढ्दो छ । यस्तै भिडमा मोडलिङमै आफ्नो भविष्य देख्नेमा पर्छिन् , मोनिका बुढाथोकी ।

काठमाडौंको कपनकी बासिन्दा मोनिकाले एक संस्था मार्फत प्रशिक्षण लिएर मोडलिङमा भित्रिएकी हुन् । उनको पिता प्रधानाध्यापक भएकाले बाल्यकालमामा पढाइ वाहेक अन्य क्षेत्रमा लाग्ने छुट नभएता पनि उनि मोडलिङमा लागिन् । आफ्नो उमेर बढेसँगै आफ्नो रुची समेत पहिचान गरेकी उनले मोडलिङमा भविष्य रहेको भन्दै आफ्नो पितालाई अझैँ मनाईरहेकी हुन्छिन् । ‘बुवाको इच्छा त मैले साइन्स पढेर डाक्टर बनोस भन्ने थियो । यद्दपी मैले मेरो रुचीको क्षेत्र मोडलिङ भएकाले यसमै भविष्य देखिरहेकी छुँ’ उनले भनिन् ।

मोडलिङसँगै पढाइलाई समेत अगाडी बढाई रहेकी मोनिका ‘मिस नेशनल २०१७’ मा भाग लिएसँगै मोडलिङमा सक्रिय छिन् । विभिन्न सांगीतिक कार्यक्रमसँगै फेशन कार्यक्रममा समेत गर्दै आइरहेकी मोनिकाले केहि म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । सानैदेखि नाच्न तथा अभिनयमा रुचाउने यिनै मोनिकाले खबरहबका फोटो पत्रकार कुवेर डंगोलसँग होली लक्षित फोटोशुट गरेकी छिन् । विभिन्न रंगहरुमा सजिएकी मोनिकाले स्विमिङ पुलमा विकिनीमा प्रस्तुत छिन् ।

कमेन्ट गर्नुहोस्