टाइगर सिरिजमा शाहरुखको ‘इन्ट्री’

फिल्म । पछिल्लो समय यशराज फिल्म्सले ठुला फिल्महरु निर्माण गरिरहेको छ । आफ्नो सफल फिल्मको नयाँ फ्रेनचाइजलाई खास अगाडी बढाईरहेको यशराज फिल्म्सले दर्शकको अपेक्षालाई पनि उत्तिकै ध्यान दिईरहेको छ । यसैक्रममा हिट सिरिज ‘टाइगर’ को तेस्रो भागमा काम गरिरहेको यशराजले फिल्मलाई भव्य बनाउन शाहरुख खानको केमियो हाल्ने भएको छ ।

सलमान खान र कट्रिना कैफ अभिनित फिल्ममा शाहरुख ‘पठान’ क्यारेक्टरमा देखा पर्नेछन् । यसअघि सलमानले ‘पठान’ मा केमियो गरिसकेका छन् । हलिउड फिल्महरुमा सुपरहिरोहरुको युनिभर्स बनिरह्दा बलिउडमा कप युनिभर्स र स्पाइ युनिभर्स बनिरहेको छ । यसको सुरुवात रोहित शेट्टीले गरेका थिए । उनले आफ्नो फिल्म सिम्बामा सिंघम र सूर्यवंशीको इन्ट्री गराएका थिए । यस्तै , सूर्यवंशीमा पनि सिम्बा र सिंघमलाई इन्ट्री गराएका छन् ।

यस्तै , निर्माता आदित्य चोपडाले पनि आफ्नो स्पाइ हिट फिल्महरु टाइगर सिरिज , वार सिरिज र पठानलाई एक आपसमा जोड्ने तयारीका साथ् काम अगाडी बढाएका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्