हरी र ज्योतीले ल्याए छमछमी भर्सेस वुगिवुगी डान्स व्याटल (भिडियो)

जयहोस् । पश्चिम नेपालको लोकप्रिय टिपिकल झ्याउरे गित ‘तिम्रो फोटो’ सार्वजनिक गरिएको छ । आउदै गरेको दसैँलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीतमा हरि विष्ट र ज्योति मगरको स्वर रहेको छ । पछिल्लो समय समाजसेवासँगै संगीतमा पनि आफ्नो पाइला अगाडी बढाई रहेका हरिले यसमा आफै कम्पोजर र लिरिसिस्ट हुन् । ‘तिम्रो फोटो शिरानी मुनी, फोटोसँग वोलेर नहुनी’ बोलको डान्स प्याटनको उक्त झ्याउरे गीतको भिडियोमा चर्चित रियालीटी शो छमछमी भर्सेस वुगिवुगीलाई निकै भिन्न शैलीमा उतारिएको छ । ५ मिनेट ४१ सेकेण्ड लामो गितको भिडियो फिल्मी छ । यसमा ईन्ट्रि, मध्यान्तर र ईण्डिङलाई निकै भिन्न किसिमले प्रस्तुत गरिएको छ । नेपाल टेलिभिजनवाट प्रशारण भएको छमछमी–३ का कलाकार मनिता राई र शेखर घर्ती र एपी वानवाट प्रशारण भएको बुगिवुगीका टप फाईभ श्रृष्टि महर्जन र रविन भुजेलको नृत्य हेर्न लायक छ । झन्डै चार दर्जन गित बजारमा ल्याईसकेका गायक विष्ट संगित क्षेत्रका अब्वल गितकार तथा संगितकार पनि हुन् । अजय रेग्मीले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । कुलमान नेपालीले, नरेशविर सिंहले कोरियोग्राफी रहेको भिडियोलाई स्वय गायक बिष्टलेनै निर्देशन गरेका हुन ।
कमेन्ट गर्नुहोस्