फिल्म। निर्देशक निश्चल बस्नेत निर्देशनमा फर्किने भएकाछन्। ‘लूट’ निर्देशन गरेर नयाँ मेकिङ्गको सुरूआत गरेका निर्देशक बस्नेत त्यसपछि दुई फिल्ममात्र निर्देशन गरेका छन्। निर्देशनलाई थाती राख्दै अभिनय, गायन, नृत्यमा अल्मलिएका निर्देशक बस्नेतले आउँदो जेठबाट छायांकन सुरू गर्नेगरी ‘दिमाग खराब’ को घोषणा गरेका छन्।
फिल्ममा उनले निर्देशनको अभिभारा मात्र लिएका छन्। यसमा अभिनेता खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा र बिजय बराललगायतको अभिनय रहनेछ । फिल्ममा सुसन प्रजापतिको छायांकन, आकाश बरालको पटकथा, जयन जे वाइवा र कालिप्रसाद बाँस्कोटाको संगीत, निमेष श्रेष्ठको सम्पादन रहने घोषणा निर्माण पक्षले गरेको छ ।
‘पिपूल भर्सेस पावर’ को थिममा बन्ने फिल्ममा कार्यकारी निर्माता सुरज बम ठकुरी, निर्माता रौनक विक्रम कँडेल, मुख्य सहायक निर्देशक फिरोज खड्का रहेका छन्। फिल्ममा निर्माणमा सिनेमा आर्टस् र ब्ल्याक हर्स पिक्चर्सको सहकार्य रहेको छ ।










