फ्राइडे रिलिज : हलमा ‘चिसो एष्ट्रे’

फिल्म । फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार एक मात्र नेपाली फिल्म ‘चिसो एष्ट्रे’ प्रदर्शनमा आएको छ । सार्वजनिक प्रदर्शन अगाडी गरिएको शोहरुबाट सकारात्मक प्रतिक्रिया बटुलेको फिल्म ‘चिसो एष्ट्रे’ फिल्ममा सृष्टि श्रेष्ठ, दिव्यदेव, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ । निर्देशक दिन्स पाल्पालीको निर्देशनमा तयार फिल्ममा निर्माता महेशबाबु तिमल्सिना रहेको छन् भने यसमा दिन्स पाल्पालीकै लेखन र अजर जंगमको संगीत छ ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्। निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । यसमा सह निर्मातामा भने रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन्। निर्माणमा क्रिएटिभ ह्यान्डस् नेपालको पनि सहभागिता रहेको छ । उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन्।

कमेन्ट गर्नुहोस्