काठमाडौँमा ‘रङ्गेली’ प्रिमियर

फिल्म । यही शुक्रवार रिलिज हुने फिल्म ‘रङ्गेली’को प्रिमियरमा काठमाडौँमा गरिएको छ । प्राविधिक कठिनाइका कारण निर्धारित समय भन्दा ढिला सुरू गरिएको फिल्म हेर्न सेलिब्रेटी र पत्रकारको राम्रो भिडभाड थियो । विशेषत प्रिमियरमा सहभागी हुन् अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर रुकुमदेखि काठमाडौँ आइपुगेका थिएँ ।

‘हामी रुकुमदेखि गाडी, प्लेन हुँदै यहाँसम्म आइपुग्न सफल भयौँ । यसका लागि हामी सबैले सक्दो मेहनत गरेका छौँ । फिल्म राम्रो बनेको छ भन्नेमा विश्वस्त छु’, अभिनेता राईले भने ।

अभिनेत्री मगरले पनि सन्चो नभएता पनि आफ्नो फिल्मका लागि लामो यात्रा तय गरेको स्मरण गरिन् । ‘प्रिमियर सहभागी हुन् हामिले यात्रा सुरू गरेका थियौँ । विविध कठिनाई झेल्दै यहाँ आइपुगेका छौँ । यसमा म नाँचगानमा मात्र सिमित नभई आफ्नो छाप छोड्न सफल जुनकिरीको भूमिकामा छु’, उनले भनिन् ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यसका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाँकार सुशन प्रजापति हुन् ।

कमेन्ट गर्नुहोस्