‘पोइ पर्‍यो काले’ कसको ?

विज्ञापन

फिल्म । आउँदो कार्तिक ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘पोइ पर्‍यो काले’ को पोस्टर सार्वजनिक भएको छ । ‘तिमीसँग’ फेम्ड निर्देशक शिशिर राणा निर्देशित फिल्ममा कलाकारहरु सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ र सोहित मानन्धर प्रस्तुत छन् । सार्वजनिक पोस्टरमा सबै एक सोफामा आ-आफ्नो स्टाइलमा बसेका छन् ।

गएको केही महिना अगाडि निर्माण टिमले फिल्मको पोस्टरका लागि अभिनेत्री पूजा शर्मालाई दुहली र अभिनेता सौगात मल्ललाई दुलहाको भेषमा फोटोसुट गराएको थियो । ती तश्वीरहरु बाहिर आएपछि दर्शकमा फिल्मप्रति कौतुहलता र उत्सुकता जागृत भएको थियो ।

फिल्मनै अभिनेता सौगातको वरिपरि घुमेको छ । फिल्ममा उनको जोडी पूजा हुन् वा सृष्टि भन्ने रहस्यको निर्माण टिमले घुम्टो उघारेको छैन । फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् ।

कमेन्ट गर्नुहोस्