फिल्म । केही दिन अगाडी मात्र बाँकी छायांकन पुरा गरेको फिल्म ‘डिसेम्बर फल्स’ले रिलिज तय गरेको छ । निर्माण पक्षले फिल्मको फस्टलुक अन्तर्गत पोस्टर सार्वजनिक गर्दै पुष १५ मा रिलिज हुने घोषणा गरेको छ । नाम झैँ फिल्म डिसेम्बर महिनामै रिलिज हुन् लागेको हो । राम प्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा लक्ष्मण रिजाल कार्यकारी निर्माता रहेको फिल्ममा आर्यन सिग्देल, उपासना सिंह ठकुरी, सुमन थापा रोहित, सलोन बस्नेत, नरेश भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ।
‘शिर्षक अनुसारकै कथा फिल्ममा प्रस्तुत गरिएकाले डिसेम्बर महिनामै रिलिज गर्न लागेका हौँ’, निर्माता रिजालले बताए । उनले फिल्मको कथावस्तु नै बलियो रहेको प्रतिक्रिया दिएका छन् । फिल्मको सार्वजनिक दुई पोष्टरमा एकमा आर्यन र अर्कोमा उपासना फिचर्ड छिन् । प्रविन झाको निर्देशन रहेको फिल्ममा राजकुमार भट्ट अर्का निर्माता छन् । महेश आर गुप्ता छायाँकार , बिपीका खनालको कथा, केदार भुसालको पटकथा र सम्वाद रहेको फिल्ममा प्रेमकथाका साथमा वास्तवीक घटनालाई उठान गरिएको बताइएको छ । यसको वितरण श्रीराम बलाजी फिल्मस्का सुनील मानन्धरले गर्नेछन् ।











