‘फिल्म जुध्दा कसैलाई फाइदा पुग्दैन’ : दीपा

फिल्म । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले ‘लाज शरणम्’ नाम नै फरक रहेको बताएकी छिन् । फिल्मको औपचारिक घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै दीपाले शुभकामना दिदै हासो र रोदनको मिश्रण रहने फिल्म बन्नेमा आफू विश्वस्त रहेको बताइन ।

उनले भनिन्,‘हाँस्य विधामा निर्माण भएका फिल्मले गहिरो रुपमा संदेश दिदैनन् भन्ने आरोप छ, यसलाई चिर्न सफल हुनुहोस् शुभकामना छ । टेलिभिजनमा राज गरेर फिल्ममा आउनुभएको छ, यहाँ पनि उत्तिकै सफल हुनुहोस्, मेरो शुभकामना छ ।

दीपाले फिल्मलाई हतारो नगरेर निर्माण गर्न सुझाउदै अन्य फिल्मसँग नजुध्न पनि आग्रह गरिन् । ‘हरेक फिल्ममा नेपाली कै लगानी हुन्छ, त्यसैले जुध्नुको सट्टा एक अर्कालाई सघाएर फिल्म ल्याउनु होला’, उनले भनिन् ।

‘सक्किगोनि’ मार्फत दर्शक माँझ चर्चित भएका जिग्री पाँडे समुहले फिल्म निर्माण घोषणा गरेका हुन् । नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह-निर्माताको रुपमा रहेको फिल्ममा निर्देशक कट्टेलसँगै अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणी नेपाल (खुपीका बाउ), माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भुमिका रहनेछ । यही वर्षको फागुन १४ अर्थात् महाशिवरात्रीको अवसर पारेर फिल्म प्रदर्शनमा ल्याउने घोषणा गरिएको छ ।

कमेन्ट गर्नुहोस्