छुट्टिए उषा र सुधांशु

फिल्म । गत तिन वर्ष अगाडी अमेरिकामा विवाह बन्धनमा बाधिएका जोडी नायिका उषा पौडेल र नायक सुधांशु जोशी वैवाहिक जीवनबाट अलग भएका छन् । अमेरिकामा रहँदै आएका यी दुइ करिब ६ महिनादेखि अलग–अलग बस्दै आएको बुझिएको छ ।

उषा र सुधांशुले बिहे दर्ता नगरेको र बारम्बार बिहे दर्ताका लागि गरेको आग्रह नमान्दा उनीहरुविच कलह सुरु भएको वुझिएको छ । अमेरिकाको भर्जिनियामा बस्दै आएका सुधांशुले नायिका उषा पौडेलसँग दोश्रो बिहे गरेका थिए । तर, बिहे भएको करिब ३ बर्षपछि यी दुइ अलग भएको वुझिएको छ । उषा अहिले बाल्टिमोरमा बस्दै आएकी छिन् ।

कमेन्ट गर्नुहोस्