शुभ लभ जोडी : हरिहर र क्रिष्टिन (फोटो फिचर)

फिल्म । आउँदो चैत्र १५ गते प्रदर्शनमा आउने फिल्म ‘शुभ लभ’ मार्फत चर्चित युवा ज्योतिष हरिहर अधिकारी नायकको रुपमा डेब्यु गर्दैछन् । ज्योतिषको रुपमा बनाएको पहिचानलाई फिल्मले कसरि अगाडी बढाउछ यो भने आउँदो दिनले नै बताउनेछ । तर उनि फिल्मको सफलता वा असफलताले आफ्नो यात्रालाई असर नगर्ने बताउछन् ।

‘म सफलता वा असफलता भन्दा पनि कर्ममा विश्वास गर्छु’ उनले कुराकानीको क्रममा भने ‘फिल्म खेल्ने मेरो लेखान्तमा थियो अब सफलता र असफलता मेरो परिश्रमले निर्धारण गर्छु ।’ उनि फिल्म भन्दा पनि आफ्नो कामबाट आश्वादी सुनिए । यसैगरी सन् २०१७ कि मिस टिन नेपाल कृष्टिन पौडेल पनि डेब्यु फिल्ममा राम्रो टिम पाएकोमा दंग छिन ।

‘डेब्यु फिल्ममा राम्रो टिम पाए सबै शुभ हुन्छ भन्ने आश छ’ उनले भनिन् ‘फिल्ममा म एउटी लभर गर्लकै भूमिकामा छु , आफुले पाएको भूमिकालाई न्याय गर्न प्रयास गरेकी छु ।’ वुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता श्री प्रदीपकुमार उदय हुन् भने यसलाई पुराना निर्माता तथा निर्देशक सन्तोषबाबु लोहनीले निर्देशन गरेका छन् ।

यसमा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । यस फिल्ममा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारहरु पनि मुख्य भुमिकामा छन् । यसमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

तस्वीरहरु : आर्यन बिमली

कमेन्ट गर्नुहोस्