संगीत । भारतीय गायिका आशा भोस्ले नेपाल आएकी छिन् । उनि बुधवार ३ बजेको आसपासमा एअर इण्डियाको विमानबाट नेपाल आइपुगेकी हुन् । त्रिभुवन विमानस्थलमा ओर्लिए लगतै उनले मिडियाकर्मीसंग कुराकानी गर्दै नेपाल आउँदा खुसि लागेको बताईन । नेपाली गीततथा संगीत मार्फत यहाँ जोडीएकी आशाले नेपालमा घुमघाम गर्ने योजना पनि रहेको बताइन ।
साधना कला केन्द्रको निमन्त्रणामा उनि नेपाल आएकी हुन् । उनले शनिबार संगीतकार रणजीत गजमेरको संगीतमा केही गीत प्रस्तुत गर्नेछिन् । ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘साउने झरीमा’, ‘पहाडको माथिमाथि’, ’तिम्रो मनमा लुकेको कुरा’ र ‘टाढा भइ नजाऊ कहिल्यै’ लगायत नेपाली गीतहरुमा स्वर दिएर उनि नेपाली श्रोता तथा दर्शक माँझ पनि उत्तिकै चर्चामा छिन् । गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत क्षेत्र समेत भ्रमण गर्नेछिन् ।











