फिल्म। निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्म ‘नांगो गाउँ’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक कार्मले अभिनय गर्ने भएकाछन्। सोमबार सम्झौता भएसँगै निर्माण पक्षले यसबारे जानकारी सार्वजनिक गरेको हो। यसअगाडी नै नायक दयाहाङ राई र नायिका मिरुना मगर फाइनल भैसकेका छन् ।
आलोक शुक्लाको छायांकन रहने फिल्ममा शिशिर वाङ्देल, रविन्द्र झा, वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको समेत अभिनय रहनेछ । मनिष्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकन फागुनको अन्तिम साताबाट सुरु हुनेछ । फिल्मलाई काभ्रेमा खिचिनेछ । यो फिल्ममा हिमाल शर्माको लगानी छ ।

कमेन्ट गर्नुहोस्










