किरण भन्छन् ‘प्रियंका व्यवसायिक कलाकार’

फिल्म । प्रियंका कार्की व्यस्त एक्ट्रेसमा पर्छिन , किनकी उनि काम प्रति निकै इमान्दारछिन् । पछिल्लो समय उनले अभिनय गरेको फिल्म हो ‘दाल भात तरकारी’ । फिल्ममा उनि एक गीतमा नृत्य गरेको देखिन्छिन् । यसगीतको छायाँकनको क्रममा उनि बेहोस समेत भएकी थिइन् । ‘आगोको गोलाकार भित्र प्रियंका नृत्य गरिरहेकी थिइन् , धुँवाका कारण उनि बेहोस भईन्’ निर्मातासँगै अभिनेता समेत रहेका किरण केसीले भने ‘हामीले छायाँकन नगर्ने सोच बनाएका थियौ तर उनले नै ओके भनेपछी छायाँकन भयो ।’ उनले प्रियंकाको काम प्रतिको इमान्दारिता देखेर तारिफ गरे । फिल्मको आइटम गीतको छायाँकन गतसाता मात्रै चितवनको एक रिसोर्टमा गरिएको थियो ।

फिल्ममा हरिवंश आचार्य , निरुता सिंह र किरणसँगै शिवहरी पौडेल , विल्सन विक्रम राई , वर्षा राउत , राजाराम पौडेल , पुष्प खड्का, आँचल शर्मा , बसुन्धरा भुषाल लगायतको अभिनय रहेको छ । फिल्ममा प्रियंका कार्की आइटम गीतमा छिन । यसै गरि वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ पनि हुनहुन्छ । हरिवंशकै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई सुदन केसीले निर्देशन गरिरहेका छन् । मह स्टुडियोमा छायाँकन भईरहेको फिल्मलाई दर्शकले आउदो वर्षको बैशाख १३ मा हेर्न पाउनेछन् ।

कमेन्ट गर्नुहोस्