‘कोर्ट म्यारिज’ परिवारको कारणले गरे : नीति

फिल्म । मोडलिङ पृष्ठभूमिबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी नायिका नीति शाहले गत वैशाख ५ गते प्रेमी यचित राणासँग काठमाडौं जिल्ला अदालतमा गोप्य रूपमा कानुनी विवाह गरेकी थिइन् । विवाहको खबर सार्वजनिक गर्ने मनसाय नभए पनि यो चर्चित जोडीको ‘कोर्ट म्यारिज’को कुरा सोही दिन बाहिरिएको थियो ।

‘मलाई यो कुरा सार्वजनिक गर्न मन थिएन, अदालतबाटै यो कुरा बाहिरियो जस्तो लाग्छ’, नीतिले भनिन् । पारिवारिक कारणले गर्दा ‘कोर्ट म्यारिज’ गर्ने निर्णयमा पुगेको र पछि पारंपरिक विधिपूर्वक विवाह गर्ने योजना रहेकाले यो कुरा गोप्य राख्न चाहेको उनले बताइन् । उनले विवाहपछि पहिलोपटक मिडियाको सामना गर्दा खुलेरै आफ्नो विवाहबारे कुरा गरिन् । ‘कोर्ट म्यारिज’ गरे पनि हाल माइतीमै बस्दै आएको र केही महिनापछि परम्परागत विधिपूर्वक विवाह गरेर श्रीमानको घर जाने योजना रहेको उनले खुलाइन् ।

कमेन्ट गर्नुहोस्