क्रिस्टोफरले गरे ‘गोर्खा वारियर’ मा स्वरांकन

फिल्म । सन २०२३ मा विश्वव्यापी रिलिज हुने तयारीमा रहेको फिल्म ‘गोर्खा वारियर’को यतीबेला लन्डनमा स्वराँकन भईरहेको छ । हलिउडका लोकप्रिय डविङ कलाकार क्रिस्टोफर केन्टले यो फिल्मको टिजर र ट्रेलरमा स्वराँकन गरेका छन् । जेम्स बोन्डको फिल्म नो टाईम टु डाई, फ्रोजन २, आर्टिमिस फलसहित हलिउडका चर्चित फिल्म तथा सैयौं टिभिसी, डकुमेन्ट्रीमा आवाज दिईसकेका यी आर्टिस्टले बेलायतको लन्डन स्टुडियोमा नेपाली फिल्मका लागि आफ्नो स्वर दिएका हुन् ।

सिक्वेलको रुपमा दर्शक माँझ ल्याइने भनिएको फिल्म अब गोर्खा वारियरनै हुने भएको छ । फिल्ममा निर्माण तथा निर्देशन मिलन चाम्सको रहेको छ । नेपाल, भारत, मलेशिया लगायतका देशमा छायाँकन भएको यो फिल्मलाई नेपालसँगै विश्वव्यापी रुपमा एकसाथ रिलिज गर्ने निर्देशक चाम्सले जानकारी गराएका छन् । गोर्खा सैनिकले विश्व युद्धमा गरेको सँघर्ष र सफलताको कथामा निर्माण भईरहेको फिल्ममा रितेश चाम्स , विजय लामा, रेविका गुरुङ, रिअर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, लगायतकाकलाकारको मुख्य भूमिका रहेको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा सुस्मिता वाइवा निर्माता छिन् भने कार्याकारी निर्मातामा प्रशान्त थापा र सहनिर्माताको रुपमा सुरेश राई छन् । फिल्ममा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ ।

कमेन्ट गर्नुहोस्